सिम्रौनगढ नगरपालिका का शाखाप्रमुखहरु कार्यालय बन्दगरी फरार
सेवाग्राही मार्कामा

- राम बाबू मेहता- बाराजिल्लाको सिम्रौनगढ नगर पालिका केही दिन देखि शाखा प्रमुख बिहिन बन्दै गएको सेवाग्राहीहरुले गुनासो गरेका छ्न । नगरपालिका प्रमुख किशोरी साह कलवार केही दिन देखि पालिकामा अनुपस्थित हुदा कर्मचारीहरु आ-फना जिम्माका शाखा बन्द गरि कोही काठमाडौ त कोही ससुराली कोही आफ्ना घरायसी काममा ब्यस्त छ्न ।
पालिकाका प्रशासकीय अधिकृत दिनेश नेवपाने घर गरेको छ भने लेखा अधिकृत सर्बेन्द्र चौधरी र जिन्सी फाट प्रमुख सुरेश यादव उपर अख्तियर अनुशासन कार्यालय ले रकम हिनामिना गरेको भन्दै बिशेष अदालतमा मुद्दा दर्ता गराएर निजहरुलाइ निलम्बन गरेको छ । सो पालिकामा जरुरत भन्दा बढी कर्मचारी अझ पनि अधिकान्स शाखामा हुदा हुदै पनि शाखाहरु बन्द हुनु गैर जिम्मेवारी भएको स्थानीयहरु बताउछ्न । सेवाग्राही हरु काम गराउन पटकपटक पालिकामा पुग्दा कोही कर्मचारी नरहेकोले आज दर्जनौं सेवा गराही रितै फर्केर गएका छ्न । यसो किन भएको भने प्रश्न कि जवाफ पालिकाका उप प्रमुख नज्मु शेहरले अफुलाइ नगर प्रमुखले कुनै जिम्मेवारी न दिएकाले को कहिले आउने कति खेर आउने न आउने पनि हुन्छ यो कुनै न्या कुरा होइन र यस्को जवाफ नगरप्रमुख ले दिनु हुने बताइन । यस्तै सो बिषयमा नगर प्रमुखले आफू केही दिन देखि उपचार को क्रममा बाहिर भएकोले होला अब आइतबारदेखि सबै ठिक हुने बताउनु बतानु भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






