मिटर ब्याजी कलवार बारा प्रहरीको फन्दामा

रामबाबु मेहता,अषाढ- ६
सरकारले अनुचित लेनदेन बाट पिडितको न्यायको लागि ल्याएको नयाँ ऐन अनुचित लेनदेन (मिटर ब्याजी) मध्ये एक जनालाई बारा प्रहरीले बुधवार हिरासतमा लिएको छ । बारागढी गाउँँपालिका वाडा नम्बर २ बिसुनपुर्वा गाउँका जगदिश प्रसाद कलवारलाई सोही गाउँका पिडित ऋणी धर्मेन्द्र साह कलवारले जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको उजुरीमाथि छानबिनको क्रममा साहु कलवारलाई थप छानबिनको लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
साहु जगदिश कलवारले ऋणी धर्मेन्द्र लाई केही वर्ष अघि वास्तविक रकम भन्दा चार गुणा बढी २४ लाख रुपैया बराबरको कपाली तमसुक गराई सवा ब्याज तीरे पनि साहुले बारा जिल्ला अदालतमा मुद्धा गरि अनुचित रकम असुल उपर गराउन खोजेकाले आफुलाई थप पिडित बनाएको ऋणी धर्मेन्दले जानकारी गराएको छ । उक्त लेनदेन रकमको असुल उपर गर्न जिल्ला अदालतमा मुद्धाको प्रकृयामा यही अषाढ ७ गते विहिवार कपाली तमसुक दाखिता र साक्षी गवाही बुझने समय तोकिएको थियो ।
मिटर ब्याजी उपर उजुरवाजुर गर्न गठित अनुचित लेनदेन आयोगले तोकेको समयावधीमा जिल्ला प्रशासन कार्यालयमा उनि उपर उजुरी भएकोले बुधवार छानबीनको लागि छलफल गराउन दुबै पक्षलाई बोलाइएको थियो । छलफल नसकिएकोले थप अनुशन्धानकालागी जगदिश प्रसाद कलवारलाइ हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी पुरुषोतम सिंह पाण्डेले जानकारी गराएका छन् । यस्तै बारामा अनुचित लेनदेन गर्ने महाजन साहु उपर पिडित ऋणीहरुले दिएको उजुरीको संख्या ३ हजार ३ सय बाइस रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुचित लेनदेन छानबीन समितिका संयोजक कृष्ण प्रसाद अर्चायले जानकारी गराए । बारामा मिटर ब्याजी साहुलाई छानबीनका लागि पक्राउ गरि हिरासतमा राखीएको पहिले कदम चालिएको हो । आयोगले तोकोको समय सिमा भित्र साहुको दबाव र प्रलोभनमा पीि उजुरी दिन नसकेका अझ गाउँघरका असंख्यक पिडितहरु उजुरीको पर्खाइमा रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close