सिम्रौनगढमा एक गरिब परिवारमा तीन जना बालबालिकाको मृत्यु,

बारा २८ साउन, । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा एक गरिब परिवार तीनजना बालबालिका को मृत्यु भएको छ । माछा खाएर बिरामी भएका एकै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ ।
शुक्रवार राती माछा खादा एकै परिवारका तीनजना बालबालिका बिरामी भएका थिए । जसमध्ये एकजनाको आइतवार मृत्यु भएको थियो भने बाकी दुई जनाका आज मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेहरुमा बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ टोल झवानी निवासी नरेश रामको नरेश रामको ९ बर्षिय र्छोरी लालिमा राम ५ वर्षीय छोरा कृष्णनन्दन राम र ४ वर्षिया छोरी पुष्पा कुमारी रहेका छन् ।
उनीहरु मध्ये ललिमा रामको एक दिन अगाडी र दुईजनाको गएराती साढे १२ बजेको समयमा उपचारको क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा निधन भएको ईलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक नवीन राईले जानकारी गराए ।
शुक्रबार रोटी र माछा खाएलगत्तै उनीहरु तीनै जना बिरामी भएका नरेशकी श्रीमतीले बताएकी छिन् । बिरामी भएपछि उनीहरुलाई स्थानीय क्लिनिकमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्ज ल्याइएको थियो ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र पोष्र्टमाटम रिपोर्ट आएपछि मात्र घटनाबारे यकिन खुल्ने प्रहरी निरीक्षक राईले जानकारी गराए ।
सो गरिब परिवारलाई परेको यस्तो दुखद घडिमा मृत्क प्रती श्राद्धान्जी दिदै मृत्क बालिाकिकको अभिभावककलाई वाडा अध्यक्ष बिवेक मेहताले १० रु हजार सहयोग गरेका छन् । भने सके सम्मको आथिक सहयोग गरिदिन वाडा बासी र नगरवासी संग अनुरोध गरेका छन् ।