लागू औषध सहित बारामा २ जना यूवा पक्राउ

रामबाबु मेहता,
बारामा लागू औषध सहित २ जना यूवा पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैयाको संयुक्त प्रहरीको टोलील बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजमा ONEREX Syrup 100 ML को ३९ बोत्तल सहित २ जना यूवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. १३ बस्ने अं.वर्ष २४ को सुभ राज मोक्तान र वडा नं. ४ बस्ने अं. वर्ष २२ को निरज गोले रहेको प्रहरीले जनाएको छ ।
वीरगंजबाट हेटौडा तर्फ जाँदै गरेको ना ४३ प २०२ न.को मो.सा. शंकास्पद लागि रोकी चेक जाँच गर्दा मोटर साइकलको पेट्रोल ट्याकी भित्र लुकाई छिपाई राखेको लागु औषध वरामद भएको थिया । बरामद भएको लागु औषद सहित दुबै जनालाई नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी जिल्ला अदालत, कलैयाबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी गराए ।





