मायाप्रेमको जालोमा केटी गर्भवती, केटाले जबरजस्ती गरायो गर्भपतन, आवेशमा केटी पक्षले गर्यो केटालाई बाधेर कुटपीट ।

रामबाबु मेहता, साउन २५। मायाप्रेमको जालोमा परेर बाराको सिम्रौनगढमा एक किशोरी र एक युवकको जिवन संकटमा परेको छ । एक १४ वर्षिय किशोरी कम उमेरमै एक बच्चा आमा बन्दा बन्दै आफै अस्पतालको शैयामा छिन भने एक बच्चालाई उनको आमाको गभ्रमै मारिदिने पे्रमी बारा प्रहरीको हिरासतमा छ ।
घटना गत साउन १८ गते सांझ ८ बजे सिम्रौनगढ नगरपालिका वाडा नम्बर ११ बस्ने अन्दाजी १८ वर्षिय अभिशेक यादवले आफनै छिमेकीको एक अन्दाजी १४ वर्षिय किशोरीलाई प्रेगा आउट किट नामक गर्भपतन गराउने औषधी खुवाई भागेको र त्यसको भोली पल्ट सो किशोरीको पेट दुख्न लाग्यो सोको कारण सोध्दा आफुलाई अभिशेकले हिजो करकाप गरी गर्भपतन हुने औषधी खुवाएको,मलाई उसले गर्भवती बनाएको हो र औषधीको असरले पेट दुखेको र रगत समेत बगेको किशोरीले परिवारमा सबैलाई बताइन् ।
किशोरीको भनाई अनुसार २०८० चौत्र महिनामा आफु कर्चोवा बजारबाट आफनो घर गईरहेको अवस्थामा आफुलाई आफनै गाउँको अभिशेक यादवले एक्कासी पछाडीबाट पक्ररे मकैबारी बारीमा करणीगरेको र कसैलाई भन्यो भने मारीदिने धम्की समेत दिएकोले आफु कसैलाई सो घटनाको बारेमा नबताएको हो, पछि दुबैजना बीच प्रेम समबन्ध स्थापित भयो ।
अब मेरो यस्तो हालत छ ,यसै घटना लिएर किशोरीको परिवारको पक्षधरहरु आवेशमा आई अभिशेकलाई पक्राउ गरि हाथखुट्टा बाँधी जनावर जस्तै कुटपिट गरेको स्थानियहरु बताउछन् । यता आफना छोरा दोषी हो भन्ने उसलाई कनुन अनुसारको सजाय हुनु पर्नेमा ज्यान मार्ने नियतले कानुनलाई हाथमा लिएर किशोरीको परिवार र आफन्तले मेरो छेरालाई मर्नासनहुने कुटपिट गरेर हाथखुट्टा समेत बाधेर राख्नु कहाँको न्याय हो, भन्दै अभिशेकका बुवा हृदयराय यादवले विहिवार कलैयामा पत्रकार सम्मेलन गरि स्थानिय बिरेन्द्र यादव,ध्रमेन्द्र यादव, अर्जुन यादव, सिकेन्द्र यादव लगायतका ब्यक्ति जस्ले आफनो छोरालाई अपहरण शैलीमा पक्राउ गरि कुटपिट गरि प्रहरीको जिम्मा लगाउने उपर अपहरण र ज्यान मार्ने मुद्धा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिए पनि प्रहरीले आफुहरुको मुद्धा दर्ता गर्न नमानेको अभिशेकका बुवा हृदर्यराय यावले बताए ।