मदेध प्रदेश सरकारबाट नेकपा माओवादी (केन्द्र)को समर्थन फिर्ता

जनकपुरधाम, ३० वैशाख । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी (केन्द्र) ले समर्थन फिर्ता लिएपछि राजनीतिक संकट उत्पन्न भएको छ ।
जनता समाजवादी पार्टीका सरोजकुमार यादवको नेतृत्वमा रहेका मधेश प्रदेश सरकारमा व्यापक भ्रष्टाचार, आर्थिक अनियमितता एवं न्याय संगत बाहिर गएर काम गर्नेहरुको हालीमुहाली रहेको भन्दै माओवादी केन्द्रले आईतवार समर्थन फिर्ता लिदै मधेश सरकारमा रहेका दुई जना मन्त्रीले राजिनामा दिएको हो ।
माओवादी नेता भरतकुमार साह र युवराज भट्टराई (समिर) ले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई बुझाए ।
प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाउनुअघि दुबै मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका थिए । यसरी मधेश सरकारबाट दुई मन्त्रीको राजिनामा र माओवादीको समर्थन फिर्ताबाट मधेश प्रदेशमा राजनीतिक संकट उत्पन्न भएको श्रोतले बतायो ।
श्रोतका अनुसार मधेश प्रदेशको सरकार बनाउने जिम्मेवारी एमालेको काँधमा गएको बुझिएको छ । एमालेका रामसरोज यादवको नेतृत्वमा सरकार बनाउने भित्री कसरत जारी रहेको ति श्रोतले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close