सत्यम बहुमुखि सहकारीको १५ औं वार्षिक सधारण सम्पन्न संचालक समिति चयन

दास पन्नालाल
सत्यम बहुमुखि सहकारी संस्था लिमिटेड सनफुलवाको १५ औं वार्षिक सधारण सभा शनिवार कलेैयामा सम्पन्न भएको छ ।
सधारण सभाले सर्वसहमतिमा पुन्ह गगनदेव प्रसाद यादवको अध्यक्षतामा सहकारीको सात सदसिय संचालक समिति चयन गरिएको छ । संचालक समितिको उपाध्यक्षमा रामबाबु प्रसाद यादव सचिवमा हिरालाल प्रसाद यादव र कोषाध्यक्षमा चन्दा कुमारी रहेका छन्। त्यसैगरि सदस्यमा श्रीभगवान पंडित, विसेन्द्र कुमार यादव र कोसिला कुमारी चयन भएका छन्। त्यस्तै लेखा समितिमा छोटेलाल साहको संयोजकत्वमा शोशिला देवी यादव र चन्द्रकान्ता कुमारी सदस्य रहने गरि तीन सदसिय समिति चयन गरिएको छ ।

सधारण सभाका प्रमुख आतिथि बचत तथा ऋण सहकारी बाराका अध्यक्ष सतेन्द्र ठाकुरले वार्षिक सधारण सभाको उदघाटन गर्दै अरु वितिय संस्था र सहकारीको लगानी सेयर वितरण गरिने बोनस फरक रहेकोे बताए । सहकारीको अवधारणा सर्व प्रथम विश्वमा वेलायतबाट शुरु भएको समेत उनले बताए। नेपालमा विशेश्वर कोईरालाको पालादेखि शुरु भएको भएपनि सहकारीलाई कृषिको रासायनिक मल र विउविजन वितरण गर्ने व्यवसायिको रुपमा चित्रण गरिएको थियो। व्यवसाय नगर्ने सहकारी हुन सक्दैन ।सेयर धनिको लगानी जोगाउन ऋणिले समयमा व्याज तिर्नु पर्दछ ।

दुर्गा प्रसाईको भ्रमित एजेण्डामा नफस्न आग्रह गरे । साथै सहकारीकर्मीले सहकारीको नीति अनुरुप सुधार गर्न आवश्यक रहेको प्रमुख अतिथि ठाकुरले मन्तव्य व्यक्त गरेका थिए । यसै गरि नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहताले शैक्षिक ऋण उपलबपध गराउनु पर्नेमा जोड दिएका थिए । नेकपा एकीकृत समाजवादिका जिल्ला सचिव बिक्रम ठाकुर , उपभोक्ता हकहित संरक्षण मञ्च मधेश प्रदेश सदस्य अरुण खनाल , लेखापढी व्यवसायि एसोसिएशन जिल्ला समन्वय समितिका अध्यक्ष पन्नालाल कुशवाहा र प्रमोद तिमिलसेना लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

                                        
सोही अवरमा उत्कृष्ट सेयर धनि ऋणी द्धय महेशवर प्रसाद साह कानुलाई रु २५ हजार नगद तथा चन्द्रिका प्रसाद साहलाई रु ६ हजार नगद पुरस्कार सहित दोसल्ला ओढाई सम्मान गरिएका थिए ।
उक्तसधारण सभामा आर्थिक प्रतिवेदन सहकारी अध्यक्ष गगनदेव यादव प्रस्तुत गरेका थिए । सभामा स्वागत मन्तव्य रामबाबु यादव तथा कार्यक्रम संचालन विरेन्द्र यादव यादवले गरेका थिए । वार्षिक सधारण सभा गगनदेव प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close