पिकपले ठक्कर दिदा एक दलित महिलाको मृत्यु

पुष ,८ कलैया । बाराको बारागढी गाउँपालिका वडा नम्बर २ मा पिकअपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । दौर्वा चौकबाट मलाहीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च २८१० नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जनाइएको छ । पिकपको ठक्कर बाट सोही ठाउँ बस्ने स्थानिय ७२ वर्षीया कबित्री देबी महरा रहेकी प्रहरीले जनाएको छ । पिकअप गाडीबाट दुर्घटना भई गम्भीर घाइते भएकी महराको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको पनि प्रहरीले बताए । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस