कलैयामा नेपाल प्रहरी श्रीमती संघद्धारा रक्तदान कार्यक्रम

रामबाबु मेहता,
नेपाल प्रहरी श्रीमती संघको ४० औ बार्षिकोत्सवको अवसरमा बाराको जिल्ला प्रहरी कार्यालयको आफ्नै प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजन गरि बार्षिकउत्सव मनाएको हो ।
सो कार्यक्रममा रक्तदान गर्ने ईच्छुक ब्यक्तिहरु आएर रक्तदान गर्न आयोजकले आग्रह गरिएको थियो ।
नेपाल प्रहरी श्रीमती संघ नेपाल प्रहरीका कर्मचारीहरूको श्रीमतीहरूले स्थापना गरेको यस संघको मुख्य उद्देश्य प्रहरीको परिवारहरूको सामाजिक, आर्थिक, शैक्षिक, र सांस्कृतिक विकासमा योगदान पु¥याउनु रहेको बारा प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।
संघले बिपतिमा परेका बर्ग,दलित,असहाय,गरिब,बिपन्न बर्गलाई आवस्यक राहत सहयोग सङ्गै बालबालिकाको शिक्षामा समेत सहयोग गर्दै आएको प्रहरी उपरीक्षक खड्काले बताए ।
उत्सवको अवसरमा अमृता अनाथालयमा राहत बितरण र बृक्षारोपण समेत गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।
सो अवसरमा प्रादेशिक अस्पताल कलैयाका चिकित्सक शेख गुल,प्रादेशिक अस्पताल कलैयाका ल्याब ईन्चार्ज शेख फुलमहमद,रक्त सन्चार केन्द्र कलैयाका ल्याब टेक्निसियन नाजदा खातुन,ल्याब असिस्टेन्ट कृष्ण यादव,ल्याब असिस्टेन्ट राजाबाबु गुप्ता,महिला संजाल बाराकी अध्यक्ष बबिता जयसवाल,नेपाल रेडक्रस सोसाइटी बाराका उदय नेपाल लगायतकाको उपस्थिति रहेको थियो ।







