प्रहरी ज्यादतीको विरुद्ध सिम्रौनगढ्मा यातायात ठ्प , बजार बन्द ब्यपारी आन्दोलनमा

रामबाबु मेहता,साउन २ गते । बाराको सिम्रौनगढ बजारका ब्यपारीहरुले आज बाट सिम्रौन गढ बाट चल्ने सवारी साधनमा रोक लगाए को छ । बिहानै देखि सिम्रौन गढ स्थित कोल्ड स्टोर नजिक रहेको मुख्य गण्डक नहर बाटोमा टायर बाली स्थानीय किसान सहित ब्यपारीहरु प्रहरी बिरुवा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । भन्सार कार्यालय सुचारु नभएको सिम्रौनगढ मा केही दिन देखि प्रहरीले अनाहकमा किसान को मलखाद समेत भारत बाट ल्याउन बन्द गराए छ्न ,भने दैनिक उपभोक्त बस्तु पनि निजी प्रयोजनका लागि ल्याउदा समेत प्रहरीले पक्राउ गर्ने गरेकोले आफुहरु बाध्य भएर आन्दोलनमा उत्रेका उधोग वाणिज्य संघ सिम्रौन गढका अध्यक्ष लाल बाबू कुशवाहाले बाताए ।यश बारे आफुहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पटकपटक जानकारी गराउदा समेत कुनै सुनवाइ नभएको दुखेसो समेत ब्यापारेहरुको रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close