नेपाल कुस्ती संघ मधेस प्रदेशको अध्यक्षमा पत्रकार साह चयन

बारा,
नेपाल कुस्ती संघ मधेस प्रदेशको अध्यक्षमा बाराका रेडियो सञ्चालक  पत्रकार  रमेश कुमार साह चयन भएका छन् ।
मधेस प्रदेशको महोत्तरीको बर्दिबासमा आज शनिवार भएको कुस्ती सङ्घको भेलाले साहको अध्यक्षतामा पहिलो पटक ११ सदस्यीय कार्यसमिति निर्माण गरेको हो । समितिकोे उपाध्यक्ष सबिउल शेख, सचिव पारस यादव, सह–सचिव शिवशंकर यादव, कोषाध्यक्ष पिन्टु रौनियार सदस्य बिजय गीरी, दिपेन्द्र महतो, मनोज कुमार साह, सुजित यादव, दिपक यादव, राजकिशोर मन्डल लगायत ११ सदस्यीय कार्यसमिति गठन भएकोे अध्यक्ष साहले जानकारी गराए ।


मधेश प्रदेशमा खेल अधिकांशले मनपराउदा समेत राज्यले कुस्ती बिकासको लागि चाहिने राम्रो व्यवस्थापक, खेलको लागि राम्रो कब्डहल, मैट, खेलाडिको लागि चाहिने आवश्यक सामाग्री उपल्ब्ध गराउन सकेको छैन, अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई चिनाउने खेलाडिलाई राज्य व्यवस्थापन नगर्नु धेरै ठूलो बिडम्बना हो । आफ्नो कार्यकालमा मधेस प्रदेशका ८ वटै जिल्लामा कुस्ती खेलको विकास र विस्तारमा जोड दिने नव निर्वाचित अध्यक्ष साहले बताए । प्रदेशका सबै जिल्लामा कुस्ती खेलाडी उत्पादन गर्ने आफ्नो मुख्य योजना रहेको भनाइ रहेको छ । नेपालमा २०४४ सालमा कुस्ती संघ गठन भएपनि मधेस प्रदेशमा पहिलो पटक संघ गठन भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close