सिमरा चोक घटनामा संलग्न दुई जना व्यक्ति प्रहरी नियन्त्रणमा
बार, मङ्सिर ४ ।
जिल्ला प्रहरी कार्यालय, बाराले मङ्सिर ३ गते सिमरा चोकमा घटेको घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। Zen Z र युवा संघबीच भएको विवाद/घटनासम्बन्धी दर्ता भएको जाहेरी दरखास्तमा किटानी अभियुक्तको नाम उल्लेख भएअनुसार पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा परेकामध्ये जितपुर सिमरा उपमहानगरपालिका–२ का धन बहादुर श्रेष्ठ र सोही उपमहानगरपालिका–६ बस्ने कैमुद्धिन अन्सारी रहेका छन्। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त घटनाको पूर्ण विवरण र संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस





