जितपुर बाट हराएका तीन बालबालिका भारतमा सकुशल फेला

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट हराएका तीन बालबालिका भारतमा सकुशल फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारत घर भई हाल बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका छोरा धिरज पासवान तथा छोरीहरू सुन्दरी पासवान र काजल पासवान आज बिहन बिहान करिब ५ बजे घरबाट हराएका थिए।
बालबालिका हराएपछि परिवारले खोजतलास थालेका थिए। सोही दिन साँझ करिब ८ बजे बालबालिकाका बुबा मुकेश पासवानले उनीहरू भारतको मोतिहारी जिल्ला, रामगढवा थाना–१३ स्थित आफन्तको घरमा सुरक्षित अवस्थामा रहेको जानकारी प्रहरीलाई गराएका थिए।
बालबालिका सकुशल फेला परिसकेको जानकारी प्राप्त भएपछि प्रहरीले थप खोजतलास आवश्यक नरहेको बारा प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close