रुपेश स्वर्णकारको हत्यामा संलङ्न रहेका ‘सुटर’ सिंह बारा प्रहरी द्धारा पक्राउ

रामबाबु मेहता- बाराको कलैमा प्रधानाध्यापकलाई गोली हानी हत्या गरेको आरोपमा विगत लामो समयदेखि फरार रहेको तथा बिभिन्न अपराधमा संलङ्न रहेका ‘सुटर’ लाई बारा प्रहरीले मंगलवार राती गोली हानेरै नियन्त्रणमा लिएको छ ।
भएका विभिन्न हत्याकाण्डहरूमा संलग्न भनिएका भारतीय सुटर सुजित सिंहलाई प्रहरीले गोली प्रहर गरि नियन्त्रणमा लिएको छ ।
प्रहरीले चलाएको गोली सिंहको दुवै खुट्टामा लागेको र उनलाई उपचार कलैया स्थित प्रदेशिक अस्पतालमा भइरहेका बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। प्क्राउ परेका सिंहको साथबाट बन्दुक र त्यसमा लाग्ने गोली समेत बरामद गरिएको उनले जनाए ।
कलैया उपमहानगरपालिका–६ स्थिते बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश स्वर्णकारलाइ कात्तिक १३ गते सोमबारको दिन पौने १ बजे कलैयाको मदार्सा टोलमा अज्ञात आपराधिक समूहले गोली हानी हत्या गरेको थियो ।
सोे हत्यामा सुटरको रुपमा रहेका सिंहलाई बारा प्रहरीले लामो समय देखि खोजी गर्दै आइरहेको थियो ।
मंगलवार पनि नेपालमा कसैको हत्या गर्ने उद्देश्यले प्रवेश गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । उपरीक्षक काफ्ले भन्छन् ‘प्रहरीले समयमै सिंहलाई नियन्त्रणमा लिएर जिल्लमा थप घटना हुनबाट बचाएका छौं । भारतको बिहार मोतिहारी जिल्ला तिनकोनी निवास सिंहले हतियार सहित नेपाल प्रवेश गरेको गोप्य सूचना पाएको प्रहरीले सिंहलाई नियन्त्रणमा लिन खोजेको थियो । प्रहरीले पक्राउ गर्ने थाहा पाएर सिंह भाग्न खोज्दा विश्रामपुर गाउँपालिकाको मुसहर्वा भन्दा दक्षिण नहर भन्ने स्थानबाट खुट्टामा गोली प्रहार गरि नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ। रुपेशको हत्या संलग्न रहेका सुटर मध्ये एकजनालाइ प्रहरीले हत्याको करिब दुइ महिना पछि पक्राउ गर्न सफल भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close