बारा निर्वाचन क्षेत्र–४ मा नेकपाको अगुवा कार्यकर्ता भेला सम्पन्न

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

बारा,राजु कुशवाहा । बारा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत परवानीपुर गाउँपालिकामा प्रतिनिधिसभा निर्वाचन फागुन २१ लाई लक्षित गर्दै अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। बहुवरीमा सम्पन्न उक्त भेलाको अध्यक्षता क. लालबहादुर पटेलले गर्नुभएको थियो।
भेलाले लालबहादुर पटेलको संयोजकत्वमा १२५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। साथै, निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन २५ सदस्यीय सचिवालय समिति पनि गठन गरिएको छ।
भेलामा उपस्थित सम्पूर्ण अगुवा कमरेडहरूले निर्वाचन रणनीति, प्रचार–प्रसार र संगठन सुदृढीकरणका विषयमा आ–आफ्ना सुझाव राख्दै विजयको अग्रिम शुभकामना व्यक्त गरेका थिए। साथै, भोलिदेखि नै निरन्तर रूपमा सबै वडाहरूमा अगुवा भेला गर्ने निर्णयसमेत गरिएको छ।
नेपाली कम्युनिस्ट पार्टी बारा क्षेत्र नं. ४ का युवा उम्मेदवार अजय कुशवाहाले भेलामा उपस्थित सम्पूर्ण अगुवा कमरेडहरूमाझ आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै जनताको पक्षमा इमानदार राजनीति गर्ने दृढ संकल्प व्यक्त गर्नुभयो।
भेलाको सञ्चालन अजय पटेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य रामेश्वर पटेलले राख्नुभएको थियो। भेला उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close