मटिअर्वा नाकामा बढ्यो तस्करी, लाइन खोल्ने दर, २६ बाट ३० लाख पुग्यो

कलैया । बाराको मटिअर्वा नाकाबाट भइरहेको तस्करी बारे विभिन्न मिडियाले समाचार प्रकाशन प्रसारण गरेपछी सुरक्षाकर्मीलाई बुझाइने नजराना झनै बढेर ३० लाख सम्म पुगेको छ । सशस्त्र प्रहरीका डिआईजी तथा मधेश प्रदेश प्रमुख कालीदास धवजीको निरीक्षणपछि तस्करी रोकथाम हुनुको सट्टा अझै व्यापक बन्दै गएको हो । मटिअर्वा नाका भएर कबाडका समान तामाको तार प्लास्टिक, ब्याट्रीको धूलो, स्टील, जिङ्क, हाडलगायत वस्तुहरू ठेलामार्फत नेपालबाट भारततर्फ भारी मात्रामा तस्करी हुने गरिन्छ । स्थानीयका अनुसार, मटिअर्वा नाकाबाट मासिक करिब २ हजार टन सामान तस्करी गरिन्छ । प्रतिकिलो १३ रुपैयाँका दरले हुने यो तस्करीबाट मासिक २ करोड ६० लाख रुपैयाँ कमिसन उठाउने गरिएको छ ।
यसमध्ये, नेपालतर्फ सुरक्षाकर्मी र अन्य खर्चका लागि ३० लाख रुपैयाँ छुट्याइन्छ भन्नेकुरा कलैयाका एक कबाडीको काम गर्ने सहुलेले नाम खोलाउने सर्तमा बताए । यसबाट बाराका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नजरान बुझाइन्छ । बाराको मटिअर्वा नाका तस्करीको नामले चर्चित छ । जसबाट त्याहाँको प्रस्तावित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक बिदुर भट्टराईले पनि संरक्षण दिइरहेको आरोप छ । उनले तस्करसँग आर्थिक लाभ लिएको उजुरी परेपछि केही समय अघि मात्रै उनी छानबिनका लागि हेडक्वाटर तानिएका थिए र उनको सरुवा भएको छ भने सो ठाउँमा अर्को डीएसपी योगराज दहाल आउने भएका छन ।