सिम्रौनगढमा ६४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

रामबाबु मेहता, पुस १२ । बाराको सिम्रौनगढमा ६४ किलो बन्दा बढी लागू औषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेश सूचनाको अधारमा गए राति करिब साढे १० बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारा बाट प्रहरी निरीक्षक कृष्ण देव प्रसाद साहको नेतृत्व तथा प्रहरी चौकी अमृतगंजखजानी, बाट प्र.स.नि. विश्वराज प्रसाद कुशवाहा समेतको संयुक्त खटिएको टोलीले उक्त परिमाण बराबरको लागू औषध सहित दुबै जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. ३ गगांनगरदेखि नयकाटोलतर्फ जाँदै गरेका व्यक्तिहरूले जुटको बोरामा राखी पिठ्युमा बोकी लुकिछुपी ओसारपसार गर्दै गरेको अवस्थामा चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारेको थियो ।
प्रहरीले उनीहरूको साथबाट ४ वटा जुटको बोरामा राखिएको ६४ किलो ४५० ग्राम गाँजा बरामद गरेको जनाएको छ। घटनास्थलबाट गाँजासहित दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–३, नयकाटोलाका ४० वर्षिय राजकिशोर हजरा र
भारत, बिहार राज्य, मोतिहारी जिल्ला, बनकटवा थाना, अगरवागाउँका ५० वर्षीय सुरेश रहेको बारा प्रहरीले जनाएको छ ।
लागू औषध नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई अझ कडा बनाइएको जनाएको छ।





