कलैयामा एमालेलाई झटका यूवा नेता शशी दासले दिए वाडा सदस्य बाट राजिनामा

बारा,माघ ५ गते । कलैया उपमहानगरपालिका–१ का वडा सदस्य कलैयाका चर्चित यूवा मध्येका एक नेता शशि दासले आफ्नो पदबाट राजीनामा दिएका छन्। बारा जिल्लाको कलैया उपमहानगरपालिकामा नेकपा एमाले बाट नगर सदस्यका रूपमा निर्वाचित दासले आउदो फगुन २१ गतेको निर्वाचनमा उम्मेदवारी दिने तयारीस्वरूप पदबाट राजीनामा दिएको दास्ले बताएका छन्।
उनले एमाले छोडेर समुन्नत नेपाल पार्टीका केन्द्रीय सदस्यसमेत भइ सकेकाले दासले बारा जिल्ला क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय भएको जानकारी गराएका हुन । पार्टीको नीति, सिद्धान्त र जिल्लाको समग्र विकासका लागि आफूले नयाँ जिम्मेवारी लिन खोजेको भन्दै दासले कलैया उपमहानगरका नगर प्रमुखलाई आफ्नो नगर कार्यपालिका सदस्यको राजिनामा बुझाएका हुन ।
उहाँ स्थानीय तहमा रहँदा शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधार विकासमा सक्रिय भूमिका खेलेको उल्लेख गर्दै दासले जनताको विश्वास र समर्थनका आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको राजीनामासँगै कलैया उपमहानगरपालिकाको वडा नम्बर १ मा रिक्त पदको प्रक्रिया अगाडि बढ्ने नगरपालिकाले जनाएको छ






