कोल्हबीमा पत्रकारहरूका लागि एआई सम्बन्धी एक दिने तालिम सम्पन्न

बारा, कोल्हबी — कोल्हबी नगरपालिकामा आज एक दिने एआई (कृत्रिम बुद्धिमत्ता) सम्बन्धी पत्रकारिता तालिम सम्पन्न गरिएको छ। मधेस प्रदेश आम सञ्चार प्राधिकरणको आयोजनामा गरिएको सो तालिम बिहान ८ बजे सुरु भई दिउँसो २ बजे समापन भएको थियो।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै मधेश प्रदेशका सांसद त्रिलोकी चौधरीले एआईले समाचार लेखनलाई सहज बनाए पनि यसको जिम्मेवार प्रयोग अत्यावश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “एआईले पत्रकारितामा नयाँ निखार ल्याउन सक्छ, तर यसको गलत उपयोगले संचार माध्यमलाई नै प्रभावित पार्न सक्छ। त्यसैले एआई प्रयोग गर्दा अत्यन्त सावधानी अपनाउनुपर्छ।”   

त्यसैगरी नेपाल पत्रकार महासङ्घ बारा शाखाका अध्यक्ष रमेश सुवेदीले एआई पत्रकारितामा सहयोगी साधन मात्रै भएको उल्लेख गर्दै समाचार उत्पादनमा मानवीय बुद्धि, मौलिकता र तथ्यको भूमिका कहिल्यै समाप्त नहुने बताउनुभयो। उहाँले थप्नुभयो, “एआईले समाचार छिटो बनाउन मद्दत गर्छ, तर यो विकल्प होइन। तथ्यमा आधारित, पुष्टि भएको सामग्री मात्रै प्रसारण हुनु आजको आवश्यकता हो।”

तालिममा बारा जिल्लाका ५० जना महिला र पुरुष पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी पत्रकारहरूले एआईको सही, सुरक्षित र पेशागत प्रयोगका बारेमा व्यावहारिक प्रशिक्षण लिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close