सिम्रौनगढबाट भारी मात्रामा प्रतिबन्धित लागू औषध एम्पुल सहित २ जना युवा प्रहरीको नियन्त्रणमा

मुकेश मेहता, अषाढ ६ गते । बाराको सिम्रौनगढबाट प्रहरीले आज ४हजार ८ सय प्रतीबन्धित लागू औषध एम्पुल सहित २ जना युवा लाई पक्राउ गरेको छ ।प्रहरी चौकी कचोर्वा बाराबाट प्र.ना.नि.सोम प्रसाद रिमालको कमाण्डमा खटिएको प्रहरीको टोलीले सिम्रौनगढ न.पा.९ बारा रौतहट सिमाना नजिक पिठवा भन्ने ठाउँ मा भारतबाट नेपाल तर्फ आउँदै गरेको ज ८ प ५४२१ नम्बरको मोटरसाईकल शंकास्पद लागी रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकल पछाडी सवार व्यक्तिले बिचमा बोकेको स्याउको २ वटा कार्टुन भित्र माथी आप र मुनि प्रतिबन्धित लागू औषध नर्फिन १ ह्जार ६ सय ,फेनारगन १ हजार ६ सय र डाइजोपाम १ हजार ६ सय गरि जम्मा एम्पुल ४ हजार ८ सय पिस वरामद गरीएको प्रहरीले जनाएको छ । उक्त लागू औषध सहित मोटरसाइकल सवर दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पार्नेमा मो.सा.चालक जिल्ला सर्लाही रामनगर गा.पा. १ धुर्वा टोल बस्ने अं. वर्ष २० को राजेश गुप्ता र सोही मो.सा.पछाडी सवार जिल्ला बारा जीतपुर सिमरा उ.म.न.पा.७ खडका टोल बस्ने अं. वर्ष २४ को नसिर अंसारी रहेका छ्न ।
पक्राउ परेको दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुशासन भइ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी गराएका छ्न ।






