कर्मचारी प्रीमियर लिगमा सिम्रौनगढ नगरपालिकाको शानदार जित

सिम्रौनगढ । कर्मचारी प्रीमियर लिगअन्तर्गत भएको क्रिकेट प्रतियोगितामा सिम्रौनगढ नगरपालिकाले बिश्रामपुर गाउँपालिकामाथि बम्पर जित हासिल गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको बिश्रामपुर गाउँपालिका १४.४ ओभरमै सबै विकेट गुमाउँदै मात्र ७३ रनमा समेटिएको थियो। बिश्रामपुरको कमजोर प्रदर्शनलाई सिम्रौनगढ नगरपालिकाका बलरहरूले उत्कृष्ट रूपमा सदुपयोग गरे।
जवाफी ब्याटिङमा उत्रिएको सिम्रौनगढ नगरपालिकाले लक्ष्यलाई सजिलै पछ्याउँदै ११.२ ओभरमै ५ विकेटको क्षतिमा विजयी भएको हो।
सिम्रौनगढ नगरपालिकाको तर्फबाट सुरेन्द्र सरले उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दै ३ विकेट लिनुका साथै ३२ रनको योगदान दिनुभयो। उहाँको प्रभावशाली प्रदर्शनका कारण उहाँलाई ‘प्लेयर अफ दि म्याच’ घोषित गरिएको छ।
यस जितसँगै सिम्रौनगढ नगरपालिका टोलीको मनोबल उच्च भएको छ भने प्रतियोगितामा उनीहरूको दाबेदारी थप बलियो बनेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close