ब्रहामण समाज नेपाल बारा द्वारा दशैंका विभिन्न कार्यक्रम सार्वजनिक

बारा । ब्रहामण समाज नेपाल बाराले आगामी बडादशैंका अवसरमा आयोजना हुने विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रमबारे सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै सहभागिताका लागि निमन्त्रणा गरेको छ।
समाजले  जारी गरेको प्रेस विज्ञप्तिमा जिल्लाका सम्पूर्ण सञ्चारकर्मीलाई सम्बोधन गर्दै दशैं अवधिभर आयोजना हुने कार्यक्रमहरूमा उपस्थित भई समाचार सम्प्रेषण तथा प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरिएको छ। विज्ञप्तिमा धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा हुने कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक तयारी भइरहेको उल्लेख छ।
समाजका अध्यक्ष अनिलकुमार पाण्डेयले जारी गरेको विज्ञप्तिअनुसार दशैंको प्रारम्भसँगै विभिन्न चरणमा धार्मिक अनुष्ठान तथा कार्यक्रम सञ्चालन हुनेछन्। कार्यक्रमअन्तर्गत २०८३ साल असोज २५ गते आइतबार घटस्थापना गरिने उल्लेख छ। त्यसैगरी असोज ३० गते शुक्रबार विशेष धार्मिक कार्यक्रम तथा असोज ३१ गते शनिबार फूलपाती तथा नवपत्रिका प्रवेशको कार्यक्रम राखिएको छ।
विज्ञप्तिमा कार्तिक १ गते आइतबार महाअष्टमी तथा निशा पूजा, कार्तिक २ गते सोमबार महानवमीसँगै कन्या पूजा तथा हवन र कार्तिक ३ गते मंगलबार विजयादशमीका अवसरमा टीका ग्रहण कार्यक्रम आयोजना हुने जनाइएको छ।
यस्ले केवल धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिएको छ। कार्यक्रममा सहभागी हुने श्रद्धालु तथा भक्तजनलाई निर्धारित समयमै उपस्थित भई अनुशासित र मर्यादित रूपमा धार्मिक गतिविधिमा सहभागी हुन आग्रह गरिएको छ।
प्रेस विज्ञप्तिमार्फत सञ्चारकर्मीलाई कार्यक्रमबारे जानकारी गराउनुको उद्देश्य धार्मिक तथा सांस्कृतिक गतिविधिलाई आमसमुदायसम्म पुर्‍याउनु रहेको समाजले  जनाएको छ। दशैंका अवसरमा हुने कार्यक्रमको समाचार सम्प्रेषण तथा प्रचार–प्रसारमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकार तथा सञ्चारकर्मीको उपस्थितिका लागि विशेष अनुरोध गरिएको छ।
समाजका अध्यक्ष पाण्डेयले धार्मिक कार्यक्रमलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। विज्ञप्तिमा उल्लिखित कार्यक्रमअनुसार दशैंको घटस्थापनादेखि विजयादशमीसम्म विभिन्न चरणमा धार्मिक गतिविधि सञ्चालन हुनेछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close