पाँच बुन्दे लिखित सहमति पछि मुखियाको परिवारले मृतकको शव बुझे

शुभम सन्देश
बाराको सिम्रौनगढन गरपालिकामा मंसिर २७ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका सोही नगरपालिका–१ का लक्ष्मी मुखिया बिनको शव पाँच बुन्दे लिखित सहमति पछि आइतवार पाँच दिन पछि परिवारले बुझेर दाहसंस्कार गरेका छन्।
पीडित परिवार र आफन्तले अघि सारेका मागहरुमा सहमति हुन नसक्दा मुखियाको शव पाँच दिन देखि नारायणी उपक्षेत्रीय अस्पतालको शव गृहमै राखिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बारामा पीडित परिवार र समर्थकहरुले राखेको माग पुरा गर्ने सहमति पछि मृतकका परिवारले शव बुझेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको लिखित सहमतिमा मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा रोजगारी दिने र दोषीलाई कारबाही गर्ने भएको बताइएपछि आफुहरुले छोरोको शव बुझेको मृतक लक्ष्मी मुखिया बिनको बुवा लखिन्द्र मुखिया बिनले जनाए ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मृतकलाई नियम अनुसार राहत तथा क्षतिपूर्तिको लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने, मृतक परिवारलाई राहत तथा रोजगारीको व्यवस्था गर्ने, घटनाको अनुसन्धान गरी दोषी उपर कारबाहीको लागि बाराका सहायक प्रजिय कृष्ण आचार्यको संयोजकमा तीन सदस्य छानबिन समिति बनाउने र समितिले दिएको प्रतिवेदन अनुसार कारबाही गर्ने लगायतका पाँच बुन्दे लिखित सहमति पछि मुखियाको परिवारले शव बुझेर लगेको सुनाए । सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयलाई लिएर भएको झडपमा प्रहरीको गोली लागेर मुखियाको मृत्यु भएको थियो ।
मृतकका परिवार, नेपाली कांग्रेस,आन्दोलनरत कर्मचारी र जनप्रतिनिधिहरुले मृतक मुखियालाई सहिद घोषण गर्नुपर्ने, नगर प्रमुख किशोर साह माथि कर्तव्य ज्यान मुद्दामा कारबाही गर्नुपर्ने, मुख्यमन्त्रीले राजिनामा दिनुपर्ने मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने र सिम्रौनगढका प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने लगायत माग राखेर आन्दोलन गर्दै आएका थिए ।
नगर प्रमुख जयसवाल र बहुमत कार्यपालिका सदस्यहरुबीचको बिबादका कारण समयमा नगर परिषद सम्पन्न नहुदा र बिगतमा भएको बिकास कार्यमा देखिएकोे अनिमितता भ्रष्टाचरी तथा बेरुजु रकम साथै कामै नगरि भुक्तानी दिइएका रकम, आनावशयक इनधन खर्चका कारण प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,जिनसी शाखा प्रमुख,इन्जीनियर,ओभरसियर लयायतका अधिकांश स्थायी र करारका क्रमचारीहरु निलम्बनमा परेका छन् ।
दरबन्दी अनुसारको कर्मचारी अभाव हुदा समेत मन्त्रालय र बिभागले कोही कर्मचारी पठाउन नचाहेको र सिम्रौनगढ आएको कर्मचारी पनि पालिकाको जन प्रतिनिधि बिचको बिवादका कारण डरले पुन्ह फर्केर जाने गरेको अवस्था कायम स्थानियहरु बताउछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close