नकली कृषक र बील भाउचर खडागरि मलखाद बिक्री बितरण

कलैया,
नेपालमा मलखादको हाहाकार भई रहदा बारामा केही कृषि सहकारी संस्थाले कामइ खाने भाडो बनाएको छ । पैसा र राजनितिक पहुचको भरमा नकली कृषक र बील भाउचर खडा गरि बाढी मुनाफाका लागि एक पालिकाबाट अर्को पालिकामात्र होइन अर्को जिल्ला सम्म मलखाद बिक्रीका लागि पुगि रहेको एक रहस्य बाहिर आएको छ ।
बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा न ६ का एक सहकारी संस्था बढी मुनाफा गर्नका लागि स्थानिय कृषकको लागि आएको मलखाद नक्कली कृषक खडा गरि मलखाद रौतहट जिल्लामा पुरयाएको छ । आदर्श कोतवाल गाउँपालिका वडा न ६ मा सञ्चालित मिनदेव मत्सय कृषि सहकारीले नक्कली कृषक खडा गरि कृषि संस्थान केन्द्र कलैया बाट बुझेको मलखाद डिएपी ६२ र १० बोरा पोटास रौतहटको कटहरीया बजारमा बेचेको स्थानिय देवशरण साहले जनाएका छन् । आदर्श कोतवाल गाउँपालिकाको वडा नम्बर ६ का वडा सद्स्य अरुण कुमार पाण्डे , अन्होती महतो , महिला सद्स्य पार्वती कुमारी देबि लगायतको मिलोमतोमा कृषि सहकारीको अध्यक्ष प्रमोद जयसवालले नक्कली कृषकको नाममा मलखाद बुझेको नक्कली हस्ताक्षर भएको भर्पाई कृषि संस्थान कलैयामा बुझाएको थियो ।
यस्तै आदर्श कोतवाल गाउँपालिका कै एक अर्का सहकारी फुलमत माई कृषि सहकारीले समेत साल्ट ट्रेडिङ लिमिटेड बिरगंज बाट आफना गाउँपालिकाको कृषकलाई बितरणको लागि बुझेको मलखाद १ सय ५० बोरा समेत स्थानीय कृषकलाई बिक्री वितरण नगरी बढी मुल्यमा अन्यत्र बेचेको आरोप वडा अध्यक्ष राजु गुप्ताले लगाएका छन् ।
आदर्श कोतवाल गाउँपालिकामा कृषि सहकारीको नाममा बढी मुनाफ गर्न मलखाद ब्यपारीलाई बेच्नु कुनै नया कुरा होईन बिगतका वर्षमा पनि जिल्ला प्रशासन कार्यालयले छापामारी गरि दुइ ओटा सहकारी संस्थाका अध्यक्षलाई नियन्त्रणमा लिई कानुन अनुसारको दण्ड जरिवाना समेत भएको थियो ।
सो पालिकाको विभिन्न कृषि सहकारी संस्थाले मलखाद बितरणमा अनियमितता गरेको भेटिए पछि पटेर्वाको स्थानीयहरु शुक्रवार गाउँपालिका मै पुगेर गुनासो गरेका थिए । यस्ता किसिमको अनियमितता रोकन गाउँपालिका अध्यक्ष जवाहर साह कानु र प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह लगायत वडा अध्यक्षहरुले समस्या समाधान गर्न चाडै पहल गर्ने प्रतिक्रिया दिनुभएको छ ।




