कलैयाका चामल उधोगीले उपभोक्ता लाई ठग्दै ।

  •  रामबाबु मेहता,असोज १८ गते । बाराको कलैया स्थित केही चामल उधोगीहरुले लामो समय देखि उपभोक्तालाई झुक्याउदै ठगी गर्दै आएको रहस्य बाहिरिएको छ । कलैया उपमहानगरपालिकामा संचालित ओम कैलाश खाद उधोग द्व्रारा उत्पादित ओम डबल ब्रान्ड को मन्सुली चामल प्याक गरिएको चामलको बोरामा उत्पादन मिति, म्याद गुजर्ने मिति र ब्याच नम्बर को साथै बिक्री मुल्य सेमेत नराखी बिक्रीवितरण गर्दै आएको छ । यसरी उत्पादन मिति नै न राखी कुनै पनि खधान सामग्री बिक्रिवितरण गैर कानुनी भएकोले यस्ता कार्य गर्न गराउने उधोगी र ब्यपारीलाइ कार्वाही हुने प्रमुख सहायक जिल्ला अधिकारी छबीरमन भट्टराईले जनाएका छ्न । केही दिन अगाडि मात्रै सो ब्रान्डको ६० बोरा चामल हेटौंडा अगाडि चितवनको मन्हरीमा पक्राउ परेको कुरा त्यहाँको उपभोक्ता मन्चले जानकारी गराएको छ ।      बारामा यस्ता कार्यगर्ने मा मुस्कान ब्रान्ड सोना मन्सुली चामल , पार्वती ब्रान्डको सोना मन्सुली चामलमा लगाएतका अनेक चामल उधोगहरु कलैयाको विभिन्न स्थानमा सन्चालनमा रहेको छ । पार्वती ब्रान्डको सोना मन्सुली चामलको बोरामा उत्पादन मिति र म्याद गुजर्ने मिति भए पनि  मुल्य नम्बर नराखी बिक्री हुँदै आएको छ । यस्ता चामलको बोरा कलैया बजारको किराना पसलहरुमा बिक्री वितरण हुँदै आएको देखिन्छ । निरन्तर बजार र साना तथा ठुला उधोगहरुको अनुगमन नहुदा बजार र उधोगीहरुबाट उपभोक्ता ठ्गिदै आएको बारा उपभोक्ता मंचका उपाध्यक्ष हरिओम साह बताउछ्न ।
आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close