देवतालमा विपन्न आवास योजनामा करोडौंको भ्रष्टाचारको आरोप

कलैया, बारा
महेन्द्रनारायण निधि विपन्न आवास देवताल–१ बारा नामक समितिका संयोजक जिनिस महतो धानुकमाथि करोडौं रुपैयाँ अनियमितताको आरोप लागेको छ।

वाडा अध्यक्ष अरुण कुमार सिंहका अनुसार विभिन्न मितिमा रु. ९,लाख ९९,हजार का दरले ६ पटक, रु. ४,लाख ६०,हजार एक पटक, राकेश कुमार श्राफको नाममा रु. ७,लाख एक पटक तथा TRF मार्फत रु. ६५ हजार र अर्को पटक रु. ६०,हजार गरी करिब रु. १,करोड ३७, लाख १४,हजार रकम निकासी गरिएको छ। यी सबै निकासी भए पनि बडकी फूलवरियाका विपन्न परिवारको घर अझै अधुरो रहेको स्थानीयको गुनासो छ। 
पुर्वाधार विकास कार्यालय, बाराले जारी गरेको कार्यादेश अनुसार २०८१ असार १५ सम्ममा घरको रङरोगन, भित्री–बाहिरी प्लास्टर, शौचालय, चापाकल लगायतका सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने थियो। तर, आजको मिति सम्म घर निर्माण अपूरो रहनु भ्रष्टाचारको प्रमाण भएको जनताको आरोप छ।
वाडा अध्यक्ष सिंहले भने,
“तपाईंहरूको घरको पैसा तपाईंहरूकै छेउमा रहेका व्यक्तिहरूले लुटेका छन्। निजि काममा प्रयोग गरेका छन्। अब पनि नजागे आफ्नो घर पुरा हुन सम्भव छैन।”
उनी भन्छन्, आफू यस विषयमा प्रमाणसहित विपन्न जनताको पक्षमा उभिएका छन् र आवश्यक परे फेरि पनि आवाज उठाउनेछन्।






