कलैया बाट करिब एक लाख बराबरको पटका बरामद

रामबाबु मेहता,भदौ १६ गते। बारा प्रहरीले विशेष सूचनाको आधारमा करिब एक लाख रुपैयाँ बराबरको पटका बरामद गरेको छ।
शनिबार प्रहरी चौकी मटिअर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले कलैया उपमहानगरपालिका–१० मटिअर्वा स्कुल नजिक भारततर्फबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सो पटका नियन्त्रणमा लिएको हो।
प्रहरीलाई देख्नेबित्तिकै मोटरसाइकलमा आएका व्यक्ति पटका फालेर फरार भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको नम्बर भने खुल्न सकेको छैन।
बरामद गरिएको पटका नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस





