मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालको कलैया नगर कमिटी गठ्न
कलैया , माघ १२ । बाराको कलैयामा मधेसी राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला कमिटीको बैठकले आज कलैया नगर कमिटीको गठन गरेको हो । मोर्चाका बारा जिल्ला अध्यक्ष उमेश यादवको अध्यक्षतामा सुरु भएको सो बैठकले मन्जुर मियाको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटी गठन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा योगेश्वर सिंह र निमेष यादव , कोषाध्यक्षमा दिलमाया धामी , सचिवमा रामबाबु सिंह ,सह सचिवमा शम्भु पाण्डे र सन्तोष कुमार गुप्ता लगायतका पदाधिकारीहरु सर्वसहमत चयन भएको जिल्ला सचीव अनवर अन्सारीले जानकारी गराए । कलैयाको देवकीलाल धर्मशाला मा सप्पन्न सो बैठकमा मोर्चाका सन्स्थापक नेता तथा संविधान सभा सदस्य रामअश्रे राम यस्तै मोर्चाका नेता नागेन्द्र यादव , नेकपा माओवादीका प्रभु यादव , मग्नी पडित , पहलाद सहनी,प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रामबाबु मेहता मुस्लिम संगठनका इस्लाम अन्सारी राज खान लगाएतकाले शुभकामना मन्तब्य बयक्त गरेका थिए ।