१५ किलो लागु औषध गाँजा सहित सिम्रौनगढमा ३ जना पक्राउ

शुभम सन्देश,कलैया सम्वाददाता
बाराको सिम्रौनगढ नगरपालिकामा १५ किलो लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।मंगलवार राती साढे दस बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट खटिएको प्रहरीको टोलीले ,सिम्रौनगढ नगरपालिका वडा नं. ४ गंगानगर गाउँ नजकिको बाटोमा बारागढीबाट भारततर्फ जाँदै गरेको ना ३८ प १४११ नं.को मोटर साइकल सवार ब्यक्ति माथी शंका लागि रोकी चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

लागु औषध सहित पक्राउ पर्नेमा जिल्ला बारा, आदर्श कोतवाल गाँउपालिका वडा नं. ३ बतरा बस्ने अं.बर्ष २७ को सरोज कुमार गिरी , जिल्ला रौतहट, फतुवा बिजयपुर नगरपालिका वडा नं. ३ मेवा बस्ने अं.वर्ष ५० को रामानन्द साह र सोही गाउँ बस्ने अं.वर्ष ४५ को चुलाई महरा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका ब्यक्ति उपर लागु औषध मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत, कलैयाबाट दिन ३ (तिन) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधीराम न्यौपानेले जानकारी गराए ।






