डेढ महिना मै बाराको सीडिओ मिश्रको सरुवा

रामबाबु मेहता
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको डेढ महिनामा नै सरुवा भएको हो । कात्तिक १८ गते मात्र बारामा हाजिर भएका सहसचिव मिश्रलाई एक महिना १६ दिनमै सरुवा गरिनु प्रशासनिक मात्र नभई राजनीतिक निर्णय भएको आशंका स्थानीयहरुमा बढ्दै गएको छ ।
संघीय सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक तहमा महत्वपूर्ण निर्णय गर्दै मिश्रलाई मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश सचिवको रूपमा सरुवा गरेको छ।

सरकारको उक्त निर्णयसँगै यसअघि उनी कार्यरत रहेको जिम्मेवारी रिक्त भएको छ। तर, उनको स्थानमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) कसलाई पठाउने भन्ने विषयमा भने हालसम्म कुनै निर्णय भएको छैन, जसका कारण प्रशासनिक वृत्तमा चासो बढेको छ।

प्रशासनिक स्रोतका अनुसार प्रदेशस्तरको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन अनुभवी कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा खटाइएको हो। मिश्रको सरुवाले मधेस प्रदेश सरकारको प्रशासनिक संयन्त्रलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
यता अर्को नयाँ सिडिओ नियुक्ति कहिले हुने भन्नेबारे सरकारबाट औपचारिक जानकारी आउन सकेको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close