कलैयामा माओवादी जागरण अभियान सम्पन्

बारा, भदौ ९ । नेकपा माओवादी केन्द्र निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा कलैयामा माओवादी जागरण अभियान सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका–१३ बलिरामपुर गाउँमा आयोजित उक्त अभियानमा नेकपा (माओवादी केन्द्र) का बैकल्पिक केन्द्रीय सदस्य  भरत साह विशेष उपस्थित रहेर स्थानीय जनतासँग भेटघाट तथा छलफल गर्नुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य  प्रभु यादव, पार्टी सचिव तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष  उमेश यादव, मोर्चाका जिल्ला सह–सचिव जयराम यादव, सदस्य  रमेश यादव (भगत), मोर्चाका कलैया नगर अध्यक्ष मंजुर मिया, उपाध्यक्ष निमेश यादव लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी बलिरामपुर–१३ का पूर्व वडा अध्यक्ष क. राजन पटेल, वडा पार्टी कमिटी अध्यक्ष  धनसुनर पटेल, क. लक्ष्मी पटेल सहित स्थानीयवासीको समेत उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।

अभियानले पार्टीको नीतिगत धारणा, मधेशमा भइरहेको राजनैतिक क्रियाकलाप तथा जनतासँगको सम्बन्ध सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close