बिधुत प्राधिकरण कलैयाको लापरवाहीले एक करेन्ट लागेर एक प्रहरी जवान गम्भीर घाइते

रामबाबु मेहता,साउन २४ गते ।बिधुत कार्यालयको चरम लापरवाहीले आज साझ साढे ६ बजेको समयमा कलैयाको भरत चौक नजिक रहेको शौचालय अगाडी बिधुत पोलको तार चुडिदा करेन्ट लागेर एक प्रहरी जवान गम्भीर घाइते भएका छन् । घाईते हुनेमा बारा जिल्ला देवताल वाडा नम्बर ६ रौवाही निवासी सन्देश यादव रहेको अस्पताल श्रोतले जनाएको छ ।

प्रहरी जवान थादव हाल सिंह दरबार काठमाडौमा कार्यरत रहेकाछन कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार गराई थप उपचारको लागि घाइते प्रहरी जवान यादवलाई बिरगंज नेसनल मेडिकल कलेज विरगंज पठाइएको छ। बिधुत कर्यालय कलैयाको लापरवाहीले पटक पटक यस्ता घटनाहरुहुदै गर्दा समेत बिधुत प्राधिकरणले खासै चासो नलिएको स्थानियहरुको आरोप रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close