मटिअर्वा नाकाबाट तस्करी , कलैयामा चेकजाँचमा कडाइ
करिब १ लाखको डेरी मिल्क चौकलेट बरामद

२१ साउन,राजु कुशवाहा,बाराको मटिअर्वा नाकाबाट रात दिन ठुल्ला ब्यपारीहरुले राजनीतिक संरक्षण र प्रहरी प्रशासनलाई मिलाइ तस्करी भइ रहेको अवस्थामा आज विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले करिब रु एक लाख बराबरको अवैध डेरी मिल्क चौक्लेट बरामद गरेको छ।
बुधबार बिहान क्राइम ब्रान्चका प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा खटिएको टोलीले कलैया उप-महानगरपालिका वडा नं. १ स्थित भरत चोकमा कलैयाबाट काठमाडौंतर्फ जाँदै गरेको एक यात्रुवाहक हाइस गाडीलाई चेकजाँच गरेको हो ।
चेकजाँचका क्रममा प्रहरीले बिलविजक बिना नै लैजान लागेको १०५ प्याकेट डेरी मिल्क फेला पारेको हो। बरामद गरिएको डेरी मिल्कको अनुमानित बजार मूल्य ९४ हजार ८० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायबउपरीक्षक तथा प्रहरी प्रवक्ता बिजय राज पण्डितले जनाएको छ । प्रहरीले गाडी नम्बर गोप्य राखेको छ भने बरामद गरिएको
अवैध रुपमा मटिअर्वा नाकाबाट गण्डक हुँदै कलैया आएको र काठमाडौ पठाउन लाग्दा उक्त डेरी मिल्क चौक्लेट प्रहरीले नियन्त्रणमा लिई थप कानूनी प्रक्रिया अगाडि बढाएको छ।





