प्रहरी चौकी मटिअर्वाको प्र.ना.नि. सिंहको सेटिङ्गमा तस्करी

कलैया कार्तिक २७
बाराको सिमावर्ती क्षेत्र मध्ये मटिअर्वा प्रहरी चौकी र शस्त्र प्रहरीको मिलोमतोमा तस्करीमा बृद्धी हुदै गएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षकको निर्देशनको ठोडो अवज्ञा गर्दै प्रहरी चौकी मटिअर्वाको प्रहरी नायब निरीक्षक किसुनदेव सिंहले पोके तस्कर देखि साईकल र मोटर साइकल समेतमा भारतको आदापुरबाट मटिअर्वा नकाहुदै माल समान ल्याउन सेटिङ्ग गरेको स्थानिय ब्यपारीहरुले जानकारी गराएका छन् ।
सो नाका बाट दैनिक रुपमा भन्सार छलिका मालसामान लत्ताकपडा ,कस्मैटिक आईटम र मेशिनरी पार्टपुर्जा र कवाडी समानहरुको तस्करी हुँदै आएका छन ।
तस्करीको लाईन प्र.ना.नी सिहको पहलमा शस्त्र प्रहरी समेत मिलाएर रात्रीको समयमा लाइन खुल्ला गराएको एक ब्यपारीले जनाएको छ ।
गत असोज २९ गते सिहले भन्सार समेत गराइएको एल ई डि बरामद गरेर जिल्ला प्रहरी कार्यालय बारामा बुझाइ प्रहरी उपरिक्षक सुरेश काफ्लेकोे मन जित्न सफल भएका प्र ना नि सिंहले हाल मटिअर्वा सिमानाकामा हाउ एनी पैसा कमाउ धन्दामा लागेको एक महिला पोके तस्करले नाम उल्लेख नगर्ने र्शत्रमा बताइन । सो नाकाबाट दैनिक रुपमा खाधान लत्ताकपडा , कस्मैटिक आईटम साईकल र मोटरसाइकलमा ल्याउनेहरु संग रु ५ हजार मांसिक रुपमा उठाउदै आएको एक जना कलैयाको पसलमा चामल पुरयाउने तस्करले नाम नछाप्ने शर्तमा बताए ।
अनुशन्धानको नाममा रकम असुली गर्न सिंहले सादा पोशाकमा समेत प्रहरी प्रहरी खटाएका छन् । प्रहरी चौकी मटिर्वाको प्रनानी सिहले रकम असुल गर्न मटिअर्वा सिमानाका , नहर चौक , निलकण्ठवा ,मटिर्वा नहर चौक भन्दा पश्चिम चेकजाँचको बहानामा प्रहरी खटाउने गरेका छन । मटिर्वा सिमानाकामा कवाडको काम गर्ने मोहाबिल अंसारीले रातिको समयमा नेपालमा खरिद गरिएको कवाडका सामग्री भारत तर्फ मोटो रकम प्रनानी सिहलाई नजराना चढाई निर्यात गर्दै आएका छन । यता आफुले कुनै किसिमको महिनावारी र तस्करीको कुनै सेटिङ्ग नगराएको प्र.ना.नि. सिंहले दाबी गर्दै आएका छन् ।







