नेकपाको एकता भेलाको तयारीमा जुट्यो बारा जिल्लाका नेतृत्व पंक्ति

बारा । आगामी कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले बारा जिल्लाका पार्टी नेता तथा कार्यकर्ताहरूको बैठक सम्पन्न भएको छ।
बैठकले नेपाली कम्युनिष्ट पार्टी, जिल्ला समितिले यही साउन ३० गते हुने जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रमको तयारीलाई तीव्रता दिएको छ ।कार्यक्रमको तयारी, व्यवस्थापन तथा सहभागीहरूको जिम्मेवारी बाँडफाँटलाई प्राथमिकतामा राख्दै आवश्यक कार्ययोजना अघि बढाउने निर्णय समेत गरेको छ। सो कार्यक्रमलाई सफल बनाउन जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ। जिल्ला संयोजक गीता कँडेलको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सहसंयोजक ध्रुव यादव, रविराज दंगाल, रामनिवास साह, केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज रमेश यादव, केन्द्रीय सदस्य तथा बारा जिल्ला सहइन्चार्ज बतहु यादव, बिजेन्द्र चौधरी, केन्द्रीय सदस्य रामचन्द्र प्यासी, प्रमाणन्द साह, दिलमाया धामी, मुकेश साह तथा नेता दिनेश राईलगायतको सहभागिता रहेको थियो।
बैठकका सहभागीहरूले निर्धारित कार्यक्रमलाई प्रभावकारी ढंगले सम्पन्न गर्न सबै तहका नेता तथा कार्यकर्ताबीच आवश्यक समन्वय कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए। बैठकले कार्यक्रमको तयारीसँगै सम्बन्धित जिम्मेवारी तोकिएका व्यक्तिहरूलाई आफ्नो भूमिकाअनुसार सक्रिय रूपमा परिचालित हुने गरी कार्यविभाजनसमेत गरेको जनाएको छ।





