बारा प्रहरीले १२ जना प्रतिवादीलाई पक्राउ गर्यो

असार १६, कलैया । जिल्ला प्रहरी कार्यालय बाराले फरार विभिन्न मुद्दामा दोषी ठहर भइ फरार सूचीमा रहेका १२ जना प्रतिवादीलाई सोमबार एकैपटक पक्राउ गरेको छ ।
लामो समयदेखि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत ईकाइबाट खटिएको टोलीले असार १५ गते नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये कतिपयमाथि लागुऔषध कारोबार, बैंकिङ कसुर, मानव बेचबिखन, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, वहुविवाह लगायतका मुद्दा दर्ता रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लागु औषध गाँजा मुद्दामा प्रहरी चौकी श्रीनगरबैरियाबाट खटेको प्रहरीले पचरौता वडा नं. ३ का ६० वर्षीय सन्तलाल दास रहेका छ्न यस्तै
वैदेशिक रोजगार मुद्दामा फरार रहेका ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलिले सिम्रौनगढ वडा नं. ६ का कृष्णप्रभात कुशवाहालाई पक्राउ गरेको हो। वहुविवाह मुद्दामा सिम्रौनगढ ६ का ५५ वर्षीय माला औसिदिन अंसारीलाई प्रहरीले पक्राउ गरेको हो।
सरकारी छाप किर्ते मुद्दामा फरार रहेका जीतपुर सिमरा वडा नं. १४ का ६२ वर्षीय दिनानाथ न्यौपानेलाई अस्थायी प्रहरी पोष्ट डुमरवानाले पक्राउ गरेको हो। सोही ठाउँकी ६२ वर्षीय पदमकुमारी थापा मगर पक्राउ परेकी हुन्।
नागरिकता मुद्दामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ की ५५ वर्षीय अजित राय पक्राउ परेका हुन्। ज्यान मार्ने उद्योगमा फरार रहेका महागढीमाई ६ निवासी ४२ वर्षीय पुनदेवप्रसाद यादवलाई प्रहरी चौकी बरियारपुरले पक्राउ गरेको हो।
बैकिङ्ग कसुर मुद्दामा फरार रहेका परवानीपुर गाउँपालिका वडा नम्बर ५ निवासी ४० वर्षीय बिष्णुप्रसाद राउत कुर्मीलाई ईलाका प्रहरी कार्यालय प्रसौनीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका ६० वर्षीय महन्तराउत अहिरलाई पक्राउ गरेको हो।
प्रहरी चौकी बसतपुरले कर्तव्यज्यान मुद्दामा फरार रहेका कलैया १० निवासी मोताहिरमिया दर्जीलाई पक्राउ गरेको हो।
मानव वेचविखन मुद्दामा फरार रहेका जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ निवासी ४५ वर्षीय मोसलिम मिया धुनियालाई प्रहरीले पक्राउ गरेको हो।
लेनदेन मुद्दामा फरार रहेका बारागढी गाउँपालिका वडा नं. ५ निवासी ४६ वर्षीय अनुठा चौधरीलाई ईलाका प्रहरी कार्यालय बारागढीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






