बालिकालाई जबर्जस्ती करणीगरेको आरोपमा सिम्रौनगढका एक जना पक्राउ

रामबाबू मेहता, । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बारा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो ।

एकजना ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई युवालाइ पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वाडा नम्बर १० देवापुर टेटा गाउँ बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादव रहेको बारा प्रहरीले जनाएको हो ।
पिडित परिवारले दिएको उजुरीको आधारमा प्रहरीले छोटेलाललाई पक्राउ गरिएको हो । ती बालिकालाई छोटेलालले जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढले उनलाई पक्राउ गरि प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो । पक्राउ परेका यादव उपर जबर्जस्ती करणी मुद्दा अन्तर्गत थप अनुशासन भइ रहेको जिल्ला प्रहरी कार्यालय का प्रहरी प्रवक्ता DSP बिजयराज पण्डितले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close