सिम्रौनगढ भन्सार कार्यालय सुचारु गराउन प्र जि अ लाई ज्ञापनपत्र

रामबाबु मेहता,भदौ ३१

बारा उधोग बाण्ज्यि संघ को सिमरौनगढ़ शाखा द्धारा सिमरौनगढ़मा भंसार कार्यालय सुचारु गराउन पहल गरिदिनका लागि बाराका प्रमुख जिल्ला अधिकारी र वीरगंजका भन्सार कार्यालयका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
संघका सिम्रौनगढ शाखाका अध्यक्ष लालबाबु कुशवाहाको अध्यक्षतामा गएको कार्य समिति सदस्यको टोलीले बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल र भन्सार कार्यालयकाद प्रमुख नवराज ढूंगाना लाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा कवारेन्टाइम लैब को ब्यवस्था संगै चारपाङ्र्गे गाडीको आवत जावत ब्यवस्था हुनुपर्ने मांग गर्दै विहीवार ज्ञापन पत्र बुझाएको छ ।
कोभिड १९ को महामारीको बेला देखि बन्द रहेको सो भन्सार कार्यालय सुचारु नभएकाले सिम्रौनगढ बजारको ब्यपार दिनानु दिन घटदै गएको छ । यस्तै नेपाल भारत सिमामा पर्ने गाउँघरका ब्यक्तिलाई आवत जावत गर्न चार पाङ्र्गे गाढी प्रवेश निशेघ भएका कारण प्रयटकहरुको संख्या घटेको छ । गाडी आवत जावत सुरु भइदिदा भारतको बिभिन्न ठाउँबाट आउने प्रयटकले सिम्रौनगढ को कंकाली माई को दर्शन ,रानीवार स्थित रामजानकी मन्दिरमा दर्शन, ईसरा पोखरी झरौखर पोखरी,बरियारपुर स्थित गढीमाई दर्शन,नर्गेको भिडभाड लागने र ब्यपार फस्टाउने ब्यपारीहरु बताउछन् । ज्ञापन पत्र बुझाउने टोलीमा ब्यपार संघका रामबाबु कुशवाहा,नागेन्द्र साह, दिनेश जयसवाल,ओम प्रकाश गुप्ता राकेश कुशवाहा र मुन्ना गुप्ता र समिउल्लाह अंसारी लगायतका कार्यसमिति सदस्यहरुको सहभासगता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close