बक्सा रहेको स्थल सिम्रौनगढमा पूरातत्व विभागको टोलीद्वारा उत्खनन् शुरु

८ मंसिर,सिम्रौनगढ । बारा जिल्लाको प्रसिद्ध ऐतिहासिक पर्यटकीय एवं धार्मिक नगरी सिम्रौनगढ–४ स्थित हरिहरपुरको पलकियामाई भन्ने ऐतिहासिक बाक्सा तुलजा भवानी क्षेत्रमा शुक्रबार देखि माटो उत्खनन् कार्य सुरु भएको हो ।

नेपाल सरकार पुरातत्व बिभाग काठमाण्डौले शुरु गरेको सो उत्खनन् कार्य २१ दिन सम्म चल्ने जनाएको छ । उत्खनन् कार्य दुई ठाउँमा गर्ने योजना रहेको विभागले जनाएको छ । विभागका कर्मचारीका अनुसार पलकियामाई परिसर भित्रको मड आकृतीको उच्च भागमा जमिनको सतहमा थुप्रै पुराना ईटका टुक्राहरु, भाडाकुडाहरु प्रशस्त वास्तुका अंशहरु सतहमा पाईएको हुँदा जिओ फिजिक्स सर्वेले पनि उक्त स्थानलाई महत्वपूर्ण साईटको रुपमा ईन्डेकेट गरेको जनाएको छ ।पुरातत्व विज्ञ देवेन्द्र नाथ तिवारी, पुरातत्व अधिकृत हरिप्रसाद भुसाल र छविकार नर्मदा श्रेष्ठको टोली रहेका छन् । उत्खनन टोलीले हिजो सिम्रौनगढ आईपुगेर आवश्यक तैयारी (ले–आउट) गरि आज ७ गतेदेखि ६ बाई ४ फिटको डेल्चमा उत्खनन् कार्य सुरु गरिएको छ ।

त्यसको जमिन मुनि कस्तो प्रकारको वास्तु संरचना हुन सक्छ भनेर त्यसको पहिचानको लागि यो उत्खनन् कार्य गरिएको पुरातत्व अधिकृत हरि प्रसाद भुसालले जानकारी गराए । पुरातत्व बिभाग काठमाण्डौका पुरातत्व अधिकृत भास्कर ज्ञावालीको नेतृत्वमा पुगेको टोलीले उत्खनन् कार्यमा सहभागी भएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close