सिम्रौनगढबाट लागू औषध ट्रमाडोल सहित एक भारतीय पक्राउ

१४ साउन,रामबाबू मेहता । बाराको सिम्रौनगढ बाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नं.६ पावरहाउस चौकबाट १० हजार ३ सय ८० पिस ट्रामडोल क्याप्सुलसहित भारतको बिहारका मन्जन साह भनिने उपेन्द्र साहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जको संयुक्त टोलीले सोमबार साँझ सिम्रौनगढबाट पूर्वतर्फ नहर छेउमा BR05B K7035 नम्बरको भारतीय नम्बर प्लेटको होन्डा एसपी साइन मोटरसाइकलमा आइरहेका साहलाई रोकी चेकजाँच गर्दा उनको मोटरसाइकलको लेगार्डमा बोरामा लुकाइएको अवस्थामा ट्रामडोल फेला परेको थियो।

पक्राउ परेका ५० वर्षीय साह भारत पूर्वी चम्पारण बिहार राज्य थाना जितना ग्राम पञ्चायत अगर्वा वडा नम्बर ६ कोडीगावा टोलका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। प्रहरीले बरामद लागूऔषध र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close