पचरौताको नगर सभा बिथोल्न हाकिम देखि कर्मचारीहरुलाई जनप्रतिनिधि द्धारा नै धमकी
, नगर प्रमुख माथि आरोप लगाउदै कलैयामा पत्रकार सम्मेलन

कलैया , असार ११ ।
बाराको पचरौता नगरपालिकाको असार १५ गते गरिने नगर सभा बिथोल्न हाकिम देखि कर्मचारीहरुलाई वडा अध्यक्षहरुले धम्की दिन थालेका छन । पचरौता नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत श्याम प्रसाद यादवलाई कलैया स्थित उनको डेरामा जसपा निकट निर्वाचित वडा अध्यक्ष मनोज यादव र कन्हैया यादवले नगर सभा नगर्न दबाब दिदै धम्की दिइएको नगर प्रमुख जलान्धर सिंहले आरोप लगाएका छन् । पचरौताका कार्यलय प्रमुख यादवलाई धम्की डर त्रास देखाएपछी उनी बिदामा बस्दै आइरहेका छन । पचरौरा नगरपालिकाको कार्यपालिका सद्स्यहरुको बहुमत जसपाको रहेकाले उनिहरुले नगर सभा बिथोल्न बिभिन्न किसिमका हथकन्डा अपनाउदै,नीति तथा कार्यक्रमलाई प्रभावित बनाउन समेत उनीहरुको कसरत शुरु भएको नगर प्रमुख सिंहले बताउनु भएको छ ।
पचरौता नगरपालिकाको स्वास्थ शाखा प्रमुख नवल यादव लाई समेत कार्यपालिकाको बोर्डको निणर्य र माईन्यट हेराउन वडा अध्यक्ष मनोज यादव र कन्हैया यादव लगायतको टीमले कार्यालयमा पुगेर दबङ्ग पारामा पेश भएको साथै पत्रकार निखिल पासवान लाई पनि अभद्र ब्यवहार गरेको भिडियो समाजिक संजालमा आएको थियो । पचरौता नगरपालिकामा एमाले बाट निर्वाचित नगर प्रमुख जलान्धर सिंहले नगरको बिकासको लागि सबै जना संग आफु सहकार्य गरि अगाडि बढन पहल जारी राखे पनि जसपा बाट निर्वाचित जनप्रतिनिधिहरु अवरोध सृजना गरेको नगर प्रमुख सिंह बताउछन । कार्यपालिकाको असार ७ गते बसेको बैठक बाट निणर्य अनुसार नगर सभा १५ गते गर्ने निणर्य भएको नगर प्रमुख सिंहले जानकारी दिनु भयो । स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै १ महिना भन्दा बढी भैइसकेको छ ।
यता जसपा बाट र्निवाचीत जन प्रतिनिधि वाडा अध्यक्ष मनोज यादवको अगुवाईमा कलैया स्थित देवकीलाल धर्मसालामा पत्रकार सम्मेलान गरि नगर प्रमुख माथि अनेक आरोप लगाउदै आफुहरु बिकासको बाधक नभई सधै वर्ताको लागि त्यार रहेको बताउनु भएको छ । वाडा अध्यक्ष यादवका अनुसार यही अषाढ ५ गतेको बोर्ड बैठक पश्चात वाडा अध्यक्ष मनोज कुमार यादव,मकबुल मियाँ,प्रेमनरायण चौधरी लगायत १२ जना जन प्रतिनिधिलाई नगर प्रमुख सिंहका कार्यकर्ताले हाथपात गरेको तथा ज्यान मार्ने धम्की समेत दिएकोमा आफुहरुले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएको पत्रकार सम्मेलनमा प्रेश विज्ञाप्ती मार्फत जानकारी गराएको छ । उक्त पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रशनको जवाफ दिदै वाडा अध्यक्ष यादवले आफुहरु सधै वर्ता र सहकार्यको लागि त्यार रहेको तथा अषाढ १५ गतेको उपस्थितीको लागि पत्रचार गरे नगर सभामा उपस्थित हुने बताउनु भएको छ ।






