ससुरालाई बुबा बनाई एक भारतियले नेपालको वंशज नागरीकता लिएको आरोप

कलैया- बाराको पचरौता नगरपालिका बाट एक भारतिय नागरिकले आफनो ससुरोलाई फकाएर आफु उनको छोरा बनी नेपालको वंशज नागरीकता प्राप्त गरेको रहस्य खुलेको छ ।
भारतको मोतिहारी जिल्ला जितना थाना स्थित बडइला गाउँ निवासी रामजन्म यादवको छोरा ३५ वर्षिय राम कैलाश प्रसाद यादवले २०६३ फागुन २६ गते साविक गाविस बेलदारी वाडा नम्बर ८ हाल पचौता नगरपालिका वाडा नं ५ बेलदारी गाउँ बस्ने आफनो ससुरा लाई प्रभावमा पारी ससुरकै छोरा बनी नागरीकता टोली प्रमुख जटेशवर सिंहको हस्ताक्षर बाट वंशज नागरीकता प्रप्त गरेको नागरीकता टोलीको अभिलेख बाट देखिन्छ ।

नागरीकता प्राप्त पछि पनि यादव भारत र नेपाल दुबै देशको नागरिक रहदै आएको भारतमा रहेको उनको जातिय पहिचान पत्र मतदाता परिचय पत्र र अधार कार्ड समेतले देखाउछ ।
नागरिकता ऐन अनुसार कुनै पनि ब्यत्ति दुई देशको नागरी हुन पाउने छौन् । एक भन्दा अर्को देशको नागरिक बन्नका लागि पहिले बस्दै आएको देशको नागरीकता त्याग गर्नु पर्ने हुन्छ र सही विवरण र प्रमाण सहित अर्को देशको नागरीक बन्न निवेदन गर्नु पर्ने ब्यवस्था रहेको रहेको छ , तर यहाँ यादवले किर्ते जन्म दर्ता र नाता प्रमाणित पेश गरेर ससुराको छोरा बनी नागरिकता प्राप्त गरेको स्थानियको आरोप रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close