बारा बाट तिर्थ यात्राका लागि भारत गएको बस दुर्घटनामा परि २५ जना घाइते

भदौ,९ । बारा जिल्लाबाट बोलबम तीर्थ यात्राका लागि गएको बस भारत विहारमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा आज विहान तीर्थ यात्राका लागि गएको बस दुर्घटना भएको हो ।


बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले बताएका छन् ।
उनका अनुसार दुर्घटनाको प्रारम्भिक सूचना आफूलाई पनि आएको छ ।
यता भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

बाराका तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको केही भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचारहका अनुसार सो दुर्घटनामा कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । उनीहरु देवघरतर्फ गइरहेका थिए । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ ।
समस्तीपुर स्थित मुसरीघरारी चौकमा दुर्घटना हुँदा घाइते हुनेहरु बारागढी गाउँपालिका -३ मुक्तीपलियाका मानिसहरु रहेका छन्। घाईतेहरुको नामावली:-
गीता देवी, सीमा कुमारी,विश्वनाथ मुखिया बिंद, शोभा कुमारी, राजेश्वर प्रसाद साह, मुस्कान साह, फेकन मुखिया, शिव कुमारी, सियापति देवी,अमन प्रजापति, रामरती देवी, सुजीत कुमारी, राम किशोरी, राम नागेंद्र साह, रामभा साह, सुखिया देवी, लक्ष्मी राउत अहिर,रविंद्र कुमार, रामेश्वर शाह, सुबोध प्रसाद साह,लक्ष्मण मुखिया, सुमन मिश्रा, काजल कुमारी,किशोरी साह,उषा देवी
रहेको र अन्य घाइतेहरुको पहिचान हुन बाकी रहेको गाउँ पालिका अध्यक्ष जयसवालले जानकारी गराए ।






