लागू औषध ब्राउन सुगर सहित बारामा एकजना पक्राउ

राजु कुशवाहा,कलैया : बाराको भलुही बाट प्रहरीले प्रतिबन्धित खैरो हेरोइन सहित बुधबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जिल्लाको विश्रामपुर गाँउपालिका वडा नं. १ घोडासहन बस्ने २२ वर्षीय अजमुलहक अंसारी रहको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको हो।

गोप्री सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरेको हो।

फेटा गाँउपालिका वडा नं. १ भलुही स्थितमा कलैया बाट प्रसौनी तर्फ पैदल आउदै गरेको अन्सारीलाई रोकी चेकजाँच गर्दा २ वटा प्लाष्टिकको पुरीयामा लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर जस्तो देखिने सुख्खा पदार्थ ६०० मिलिग्राम र ब्राउन सुगर जस्तो देखिने लेदो पदार्थ १४६ ग्राम ५८० मिलिग्राम उनको साथबाट वरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । पक्राउ परेका अंसारीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले जनाए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close