बिद्यार्थी कुटेको विरुद्ध कलैया स्थित सोना एकेडेमीका प्रिन्सिपल उपर मुद्दा दर्ता

कलैया । बाराको सोना एकेडेमी सेकेन्ड्री ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल विरुद्ध अभिभावकले बालबालिका विरुद्धको कसुरमा जाहेरी मिुद्दा दर्ता गराएका छन् ।

जिल्लाको कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ मा रहेको सोना एकेडेमी स्कुलका प्रिन्सिपल अमित साह विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बालबालिका विरुद्धको कार्यालय बारामा बालबालिका विरुद्धको कसुर जाहेरी दर्ता भएको हो ।

प्रिन्सिपल साहले भदौ १८ गते ६ वर्षीय बालिकालाई स्कुलमा निर्घात कुटपिट गरेको भन्दै अभिभावकले प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

साह विरुद्ध देवताल गाउँपालिका वार्ड नम्बर ६ मा बस्ने २९ वर्षीय उप्रेन्द्र पटेलले गत भदौ २० गते जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए भने प्रहरीले भने भदौ २५ साह विरुद्धको जाहेरी दर्ता गराएको बारा प्रहरीले जनाएको छ ।
प्रिन्सिपल साह विरुद्ध बालबालिका सम्बन्धि ऐन २०७५ को बालबालिका विरुद्धको कसुर मुद्दा जाहेरी दर्ता भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

पिडित बालिकाको अभिभावकले नै जाहेरी दिएपछि प्रिन्सिपल साह विरुद्ध परेको हुदा उनलाई पक्राउ गरी कारवाही गरिने प्रबक्ता सापकोटाले बताएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close