बारागढी गाउँपालिकामा ५ दिने ‘स्टार्ट एण्ड इम्प्रुभ योर बिजनेस (SIYB)’ तालिम सम्पन्न

अजय कुमार ,साउन ३१ गते । बारागढी गाउँपालिकामा २५ जना नयाँ तथा साना व्यवसायीलाई लक्षित गरी पाँच दिने ‘स्टार्ट एण्ड इम्प्रुभ योर बिजनेस (SIYB)’ तालिम सम्पन्न भएको छ।

चाइल्डएड नेटवर्कको सहयोग र दलित जनजाति उत्थान केन्द्र (DEUC), बाराको आयोजनामा सञ्चालन गरिएको यो तालिम सिमान्तकृत वर्गका लागि आर्थिक अवसर अभिवृद्धि परियोजनाअन्तर्गत १२ अगस्टदेखि १६ अगस्टसम्म गाउँपालिका–३ को सभा कक्षमा सम्पन्न भएको हो।

तालिममा १३ जना महिला र १२ जना पुरुष गरी २५ जना सहभागी रहेका थिए। तालिमको अन्त्यमा सबैलाई औपचारिक प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा आईएलओ प्रमाणित प्रशिक्षक रामअधार प्रसाद यादव प्रमुख प्रशिक्षक र सरोज कुमार सिंह सह–प्रशिक्षकका रुपमा खटिएका थिए। समापन कार्यक्रममा संयोजक डा. अजय कुमारले सहभागीलाई सीपलाई व्यवहारमा उतारी सशक्त व्यवसायी बन्न आग्रह गरे ।

त्यसैगरी वडा नं. ३ का अध्यक्ष उमेश प्रसाद साहले यो तालिमलाई “महिला, पुरुष तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि सुनौलो अवसर” भएको बताउँदै स्थानीय सरकार व्यवसायिक सफलतामा सधैं साथमा रहने प्रतिबद्धता जनाए ।

दलित जनजाति उत्थान केन्द्रका कार्यकारी निर्देशक ओमप्रकाश ठाकुरले यसलाई “बरगढीको पाइलट अभियान” भन्दै आगामी दिनमा सम्पूर्ण वडामा यसलाई विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।

उत्साहपूर्ण सहभागितासहित सम्पन्न तालिमले सहभागी व्यवसायीलाई सफल उद्यमशीलताको यात्रामा महत्वपूर्ण प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close