३४ किलो गाजा सहित सिम्रौनगढबाट २ जना पक्राउ

कलैया, बारा प्रहरीले सिम्रौनगढ बाट ३४ किलो गाजा सहित दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वड नम्बर ४ का २५ वर्षीय दिपेन्द्र कुशवाहा र सोही ठाउँको ३७ वर्षीय सरोज कुमर यादव रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी निरीक्षक नवीन राइको नेतृत्वको टोलीले गोप्य सूचनाको अधारमा  सिम्रौनगढबाट सो मात्रामा  उक्त परिमाणको गाजा सिम्रौनगढ नगरपालिका -४ टोल गङ्गानगर स्थित हिरा महतोको गाई गोठ बाट शनिबार नियन्त्रणमा लिइएको हो ।

  1.  प्रहरी निरीक्षक नवीन राईका अनुसार  प्रहरीको टोलीले गांजा पैकिङ्ग गरिरहेको अवस्था गाजा सहित दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक  राईले बताए । नियन्त्रणमा रहेका दुबै जना ईलाका प्रहरी कार्यालयको हिरासतमा राखि थप अनुशासन भइ रहेको निरीक्षक राइले बताए । 
आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close