बाराको कलैयामा निकालियो सदभाव रयाली

 

९ फागुनकलैया। बाराको कलैया उपमहानगरपालिकामा धार्मिक सामाजिक सद्भाव बिग्रन नदिन रयाली निकालिएको छ । जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा धार्मिक संघसंस्थाको सहयोगमा आज विहान सद्भाव रयाली निकालिएको हो ।
रौतहटको इशनाथ नगरपालिकामा यहि फागुन ३ गते सरस्वती माताको मूर्ती सेलाउने जाने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपको विषयलाई लिएर सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले धार्मिक संघसस्ंथाको सहकार्यमा सद्भाव ¥याली निकालेको हो ।

जिल्ला प्रशासन कार्यालय बाराको परिसरबाट निस्किएको सद्भाव रयालीले कलैया बजार क्षेत्र परिक्रमा गरेको थियो । सदभावरयालीमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी कर्मचारी, शिक्षक, खेलाडीसहितका सहभागिता थियो ।
यसको साथै यही मंगलबार स्थानीय प्रशासन र बारामा क्रियाशिल राजनीतिक दलबीच आपसी सामाजिक सद्भाव कायम बनाइ राख्न सहमति भएको थियो । छलफलमा सामाजिक एवम् धार्मिक सद्भाव विथोल्ने गतिविधि तथा क्रियाकलाप सामाजिक सञ्जालमा पोष्ट गर्ने, सेयर गर्ने, व्यक्तिहरुलाई उकास्ने जस्ता गतिविधि गर्ने व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको थियो ।
सो छलफलको निर्णयमा नेपाली काग्रेंस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल मजदुर किसान पार्टी र विवेकशिल साझा पार्टीका प्रतिनिधिहरुले हस्ताक्षर गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close