फोनिज बाराले बुझायो नेपाल पत्रकार महासंघ लाई सातदिने अल्टिमेटम तथा स्मरण पत्र

कलैया , १६ फागुन ।
लामो समय देखि नेपालआदिवासीजनवातीपत्रकार महासंघ (फोनिज) ले नेपालपत्रकार महासंघको संस्थापकअध्यक्षको गलतइतिहासलाई हाल सम्मनसच्याएकाले गलतइतिहास सच्याउनमागगर्दै मंगलबार देशभरका नेपालपत्रकार महासंघको शाखाहरु मार्फत केन्द्रीय समितिलाई ७ दिने अल्टिमेटम तथा स्मरण पत्र हस्तान्तरण गर्ने क्रममा फोनिजले बारा शाखालाई पनि ७ दिने अल्टिमेटम तथा स्मरण पत्रबुझाएको हो ।
फोनिज बाराका अध्यक्ष जियालाल चौधरीको नेतृत्वमागएको टोलीले नेपालपत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता र सचिव अनिल गौरवलाई संयूक्तरुपमापत्र बुझाएको हो । पत्रबुझाउँदै अध्यक्षचौधरीले पत्र यथाशिघ्र केन्द्रमा पठाउन अनुरोध गरेका हुन् । पत्रबुझ्दै पत्रकार महासंघ बाराका उपाध्यक्ष मेहताले आफुहरुले केन्द्रमा सो अल्टिमेटम तथा स्मरण पत्रपठाइएको समेत जानकारी गराए । हामीपत्रकार सबैको इतिहास केलाउने हामीआफ्नै इतिहास नै कायमगर्न नसक्नु दुर्भाग्य रहेको समेत उपाध्यक्ष मेहताले बताए ।
वर्तमान नेपालपत्रकार महासंघको जगतत्कालीन ‘नेपालपत्रकार संघ’ नै हो । नेपालपत्रकार संघ गठन गरेर नेपालीपत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपालपत्रकार संघ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमातत्कालीन नेपालपत्रकार संघ पुनर्गठन भयो । थपपत्रकारलाई संघमा संगठित गर्ने उद्देश्यसाथ संघको पुनर्गठन गरिएको थियो ।
अकाट्य तथ्यहरूकाआधारमाहाल नेपालपत्रकार महासंघ (तत्कालीन नेपालपत्रकार संघ) को संस्थापक सभापति (हालअध्यक्ष) सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रूपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपालपत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाजगर्दै सन्त नेतातथापूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापकअध्यक्षमान्दै आएको छ । महासंघको यो कदमप्रति नेपालआदिवासीजनजातिपत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको छ ।
वि.सं २०१२ चैत १६ गते नेपालपत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसादउपाध्याय भट्टराई सभापतिबन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्चकदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।
यसर्थ, नेपालपत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापकअध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनीउल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपालपत्रकार महासंघसँग जोड्दार माग गरेका छन् ।
यस भन्दापहिलापनिफोनिजले २०७९ साल मानेपाल पत्रकार महासंघ मार्फत ज्ञापन पत्र बुझाइएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close