बारामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या ३ जना पक्राउ

बारा,११ कार्तिक । धारिलो हतियार प्रहार गरि बारामा एक वृद्धको हत्या गरिएको छ ।
अज्ञात समूहले धारिलो हतियार प्रहार गरी महागढीमाई नगरपालिका वडा नम्बर १ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको प्रहरीले जनाएको छ । सो हत्याको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी गराए । ह्त्या किन र कस्ले गरेको भन्दै अनुशन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । हत्या अनुशन्धानमा पक्राउ परेका तिनै जनाको नाम प्रहरीले गोप्री राखेका छ्न ।
आफ्नो प्रतिक्रिया दिनुहोस





